Thursday, January 27, 2022

what is forex?

  Forex विश्वव्यापी वितीय बजार हो जहाँ मुद्राहरुको विनिमय तथा कारोबार गरीन्छ । यस बाहेक International stock, commidaty ,option and future हरुको पनि  कारोबार  गरीन्छ । Forex  जसलाई FX पनि भनिन्छ । कहिल्यै पनि घाम नअस्ताउने बजारको रुपमा परिचित  यो बजार नेपाली समय अनुसार सोमबार विहान पुर्व Sydeny   बाट सुरु भएर शुक्रबार राती Newyork पुगेर  बन्द हुन्छ । सनिबार र आइतवार बाहेक Christmas & New year विदा हुने यो बजार बर्ष भरी नै अत्यन्तै तरलतामा संचालन हुन्छ । यो विश्वको सबै भन्दा ठुलो वितीय बजार हो । विश्वको सबै भन्दा ठुलो (Stock Exchange) Newyork Stock Exchange(NYSE) मा दैनिक  22  billion $ औसतमा कारोबार हुन्छ भने  Forex मा दैनिक औसतमा  5 Trillions $ बराबरको कारोबार हुन्छ । यो बजार centerlized market  नभएर decenterlized market  अर्थात over the counter market (OTC) हो । Forex मा विशेष गरी मुद्राको  कारोबार गरीन्छ । जस्तो हामीले कुनै पनि देशको मुद्रा खरिद गर्नु भनेको त्यस देशको सेयर खरीद गर्नु जस्तै हो । जसरी हामीले कम्पनिहरुको सेयर खरिद गरेको हुन्छौ जस्तै हामीले जापानको मुद्रा (Yen) खरीद गरेका छौ भने हामीले जापनको अर्थतन्त्रको सेयर किनेको हुन्छौ हामीले खरिद गरेपछि जापानको अर्थतन्त्र (Economy) बलियो वा राम्रो भए हामीलाई फाइदा हुन्छ तर जापानको अर्थतन्त्र राम्रो नभएमा नोक्सान हुन्छ ।

History of Forex
सन् 1885 भन्दा अगाडि मुद्राको विनीमयको आधार Gold थियो  विभिन्न देशहरुले आफुसँग भएको सुनको आधारमा मुद्राको मुल्यांकन गदथे तर प्रथम र दोस्रो विश्व युद्ध पछि पश्चीमी मुलुकहरुले स्थीर अर्थतन्त्रको आवश्यकता महसुस गरे जसले गर्दा International Trade  मा भएको समस्या तथा चुनैतिहरुलाई समाधान गर्न सकियोस फलस्वरुपमा 1971 Brettow Wood System सम्झौता  भयो यस सम्झौता अनुसार मुद्रा विनिमयको माध्यम सुन लाई प्रतिस्थापन गरी अमेरीकन डलरलाई विनिमयको आधार बनाइएको थियो जस अन्ुसार सबै देशको मुद्राहरुलाई अमेरीकन डलर सँग निश्चीत विनिमयदर निधारर्ण गरीएको थियो जसलाई Pegging system भनिन्छ । जस्तो नेपाल र भारतमो मुद्रा (1.60 NPR = 1 INR) मा पेग गरीएको छ । तर अमेरीका बाहेक अन्य देशहरुले पनि अमेरीकाको बराबरीमा आर्थिक विकास गरे जसले गर्दा अन्य मुलुकहरुलाई यो सम्झौता अमान्य भयो किनभने मा अन्य देशको मुदाहरु डलरको तुलनामा धेरै सस्तो वा कमजोर  भयो । यसकारण सन् 1990 मा पहिलो सम्झौतालाई खारेज गरी विनिमयको लागी अर्को प्रणाली को  व्यवस्था गरीयो जसलाई  Free Floating Rate System भनिन्छ । यस प्रणालीमुद्रा  विनिमयदर   निधारर्ण माग र पुर्ती (Demand & Supply) को  आधारमा गरिन्छ । यो प्रणाली सुरु हुने बेलामा मुद्राको विनिमय पारर्दशी तरीकाले हुन धेरै जटिल र चुनैति पुर्ण नै थियो तर Computer & Internet जस्ता प्रविधि को विकास सँगै यो प्रणाली सहज र विश्वव्यापी रुपमा विस्तार भएको छ।  इन्टरनेटको माध्यम बाट विश्वको जुनसूकै ठाँउ बाट पनि सजिलै कारोबार गर्न सकिने अनलाइन विजनेस प्लाटर्फम को लागी Retail Forex Broker सुविधा प्रदान गर्दछन् ।विश्वव्यापीकरण तथा इन्टरनेट प्रबिधीले गर्दा आज विश्व एउटा सानो गाँउको रुपमा परिणत भएको छ  जसको उपज Forex हो अन्त्यतै ठुलो संख्यामा Individual trader & Financial  Institutions हरुको सहभागीता हुने यो बजारमा क्रेता र विक्रेता दुवैले आ आफ्नो  विश्लेषण अनुसार मुद्राको खरिद तथा विक्री गर्ने गर्दछन् । यो बजार  विश्वव्यापी भएको  कारण जतिबेला पनि विक्रेता लाई क्रेता र क्रेतालाई विक्रेताको अभाव हुदैन ।

Buy and Sell Currency pair
Forex अन्र्तगत मुद्राहरुको कारोबार मुद्राको जोडी Currency Pair मा गरीन्छ अर्थात दुई देशको मुद्रा लाई एक आपसमा भिडाइन्छ । जस्तै   USD/JPY    अगाडीको मुद्रा  Base currency अथार्त Bull र पछाडिको मुद्रा  quoted or counter currency अर्थात Bear हुन्छ । yen तुलनामा American Dollar  बलियो भएमा हामी USD/JPY लाई Buy गछौ जसलाई  Long भनिन्छ यसै गरी डलर भन्दा येन बलियो भएमा USD/JPY लाई  हामी Sell गछौ जसलाई Short भनिन्छ । यसरी Forex  मा विश्व भरको मुद्राहरुलाई एकआपसमा जोडी (Pair) बनाएर सुचिकृत गरिएको हुन्छ । कुनै पनि मुद्रा कुनै pair  मा Base र कुनै Pair मा Quote  हुन्छ जस्तो  USD/JPY ,  EUR/USD


Types of Currency Pair
  • The Major currency
 यस अन्र्तगत विश्वको शक्तीशाली अर्थतन्त्र भएको देशको मुद्राहरुको हुन्छन् यसमा आठ वटा देशको मुद्राहरुलाई एक आपसमा सुचीकृत गरीएको हुन्छ ।(USA, Europe, Japan, UK, Canada, Switzerland, Australia  and  Newzealand )  यी देशका  currency pair हरु झन्डै चौविसै घण्टा नै तरल हुन्छन् भने पनि अत्यन्तै कम  Spread हुन्छ । Spread भनेको  Ask price & Bid priceबिचको फरक हो । यस बारे पछि लेख्ने छु ।यसमा  USD/ JPY , EUR/USD , GBP/USD , AUD/USD , USD/CHF , NZD/USD , USD/CAD जस्ता currency pair हरु पर्दछन् 
  • The cross currency or minor currency 
 ।यस अन्र्तगत अमेरीकी डलर बाहेक major सात  वटा देशको मुद्राहरुलाई  एक आपसमा सुचीकृत गरीएको हुन्छ । यी देशका currency pair हरु पनि अत्यन्तै तरल हुन्छन् तर Major currency को  तुलनामा  spread अलि बढी हुन्छ । यसमा EUR/GBP, GBP/JPY, CHF/JPY, EUR/AUD, EUR/CAD, इत्यादि currency pair हरु पर्दछन् ।
  • Exotices  currency
 यस अन्र्तगत अर्थतन्त्रमा उदयमान भएको देशहरुको मुद्राहरु र अमेरीकी डलर को सुचीकृत गरीएको हुन्छ । Brazel , Hongkong , Saudi Arabia , Singapore  इत्यादि हरु जस्ता धेरै देशहरुको मुद्राहरु यसमा हुन्छन् । यसमा  USD/BRL , USD /HDK , USD /SDG & USD/SAR हरु पर्दछन् । यी Currency pair हरुमा तरलता कम हुन्छ भने  spread पनि बढी हुन्छ ।

Advantage of Forex Trading
  • Low transaction cost
 Over the counter market भएकोले कारोबार लागत अत्यन्तै कम हुन्छ । तर केन्द्रीकृत बजार जस्तो Stock exchange मा कारोबार लागत बढी हुन्छ । सामान्यतया नै कारोबार लागत Spread हो तर Account types & leverage अनुसारको कारोबार  लागत लाग्ने गर्दछ ।
  • No fixed lot size 
सेयर कारोबार गर्न हामीलाई धेरै पुँजी चाहिन्छ तर यो बजारमा जम्मा 10 $ बाट cent account कारोबार गर्न सकिन्छ । तसर्थ पुँजीगत रुपमा बजार प्रवेश गर्न धेरै सहज हुन्छ ।
  • A 24 hours market
यो बजार विश्वभर विभिन्न चार स्थान (Sydeny , Toyako , Londan & Newyork)  मा र विभिन्न समयमा संचालन हुनेहुदा हामीलाई उपयुतलागेको  समयमा कार्यसम्पादन गर्न सकिन्छ । Forex Time Zone in Nepal
  • No one corner the market
यो बजार विश्वव्यापी बजार भएको हुदा कसैले पनि चाहेर पनि नियन्त्रण गर्न सक्दैन । Corner भनेको कुनै पनि कम्पनी को सेयर निश्चीत समुहले पुर्ण नियन्त्रण गरी बजारमा कृत्रिम अभाव सिजर्ना गरी बढी मुल्यमा सेयर बिक्री गर्ने प्रयास गर्नु हो ।
  • High leverage and liquidity
यस बजारमा थोरै पुँजी बाट धेरै मुल्य बराबरको मुद्रा होल्ड गर्न सकिन्छ ।  Concept of Derivative Market in Nepali यसै गरी अत्यन्तै तरल हुने भएको कारण हामीले राखेको अडर तत्कालै पुरा हुन्छ भने हामीले कमाएको नाफा भुक्तानीको बिधि अनुसार दस मिनेट देखि दुई तिन दिन भित्र हाम्रो इ वालेट बैंक खातामा  आउछ ।
  • Free Demo Account
हामीलाई ब्रोकरहरुले वास्तबिक बजारमा नक्कली खाता निशुल्क चलाउन दिने भएको कारण हामीले बजार सम्बन्धी सिप र दक्षता विकास गर्न सकिन्छ । याद गर्नु होस यो खातामा नाफा वा नोक्सान  जेभएपनि त्यो काल्पनिक हो वास्तवीक होइन ।
  • Limit Liabilities
 Forex Broker ले negative balance protection गर्ने भएकोले हामीले deposit गरेको रकम मात्र नोक्सान हुन्छ । सबै Broker agency हरुले यो सुबिधा प्रदान गर्दछन् अपवादको रुपमा केहीमा हुदैन तसर्थ यसको बारेमा सोध्न सकिन्छ वा contract paper मा हेरे पनि हुन्छ ।
  • Margin Trading

    Free Margin

Forex मा र्माजीन कारोबारको सुविधा भएकोले (Buy or Sell) जे गर्दा पनि नाफा हुन्छ तर बजार हाम्रो अनुकुलमा हुनुपर्छ । जस्तो Buy गरेपछि बजार बढ्नु पर्छ र Sell गरेपछि बजार घट्नु पर्छ ।
  • Flexibility
 Advance technology गर्दा यो बजार अत्यन्त लचक हुन्छ हामीले PC or laptop बाट मात्र नभएर सामान्य mobile app (MT 4 or MT 5) बाट  पनि गर्न सकिन्छ ।

Disadvantage of Forex
  • Lack of Transparency
 Over The Counter market भएकोले केन्द्रीकृत बजार (stock exchange) जस्तो सरकारी नियमन भएको हुदैन तसर्थ मा पारदशीर्ताको अभाव हुन्छ धेरै पटक ब्रोकर हरुले छल (scam) गर्न सम्भावना बढी हुन्छ । तसर्थ ब्रोकर एजेन्सी छनोट गर्दा केही International Financial Institutions  हरुले Regulation  गरेको  Broker  छनोट गर्न पर्छ ।
  • Complex price determination
 Forex मा मुद्राको विनिमयदरलाई विश्वव्यापी राजनितीक तथा आर्थिक घटना क्रमले प्रभाव पारेको हुन्छ तसर्थ विश्वव्यापी रुपमा घटेको घटना क्रमहरुलाई विश्लेषण गर्न असम्भव नै हुन्छ ।
  • High risk, leverage and volatility
Forex आफैमा अत्यन्तै जोखिम पुर्ण बजार हो । High leverage & volatility को  कारण तथा Money & Risk management गर्न नजान्दा नोक्सान हुन्छ । तसर्थ यो बजार धेरैको निम्ती Gambling जस्तो मात्र हुन्छ । यसको लागी  leverage ratio कम तथा proper risk management  गर्नु पर्छ । साथै अत्यन्तै अध्ययन तथा अनुसन्धान को पनि आवश्यकता पर्दछ ।
  • Self direct learning
stock market मा पेशेवर विज्ञहरुले पोटफोलियो व्यवस्थापन गर्दछन् तर forex मा पेशेवर विज्ञको भर पर्नु भन्दा पनि आफैले अनुभव लिनु र सिक्नु आवश्यक छ । यो बजारमा अरुले पढाएर भन्दा पनि आफैले भोगेर सिक्ने हो । यसको लागी निशुल्क Demo account जति समय पनि चलाउन पाइन्छ ।


No comments:

Post a Comment

Forex Time Zone in Nepal

 Forex बजार विश्वको प्रमुख स्थानहरुमा  (Syden , Tokyo , London and New York) गरी  फरक फरक समयमा खुल्ने गर्दछ विशेष गरी Forex लाई भौगोलिक तथा...