Saturday, January 29, 2022

Forex Time Zone in Nepal

 Forex बजार विश्वको प्रमुख स्थानहरुमा  (Syden , Tokyo , London and New York) गरी  फरक फरक समयमा खुल्ने गर्दछ विशेष गरी Forex लाई भौगोलिक तथा मौसमी प्रभाव पर्न भएको कारण Spring/ Summer ( March /April - Oct/Nov )  मा सबै सेक्सनहरु सामान्य  समयमा नै खुल्ने तथा बन्द हुने गर्दछन् भने Raining / Winter (Oct/Nov - March/April ) मा केही  सेक्सनहरु 1 घण्टा  अगाडी खुल्ने र बन्द हुने गर्दछ । भौगोलिक रुपमा पृथ्वीको भुमध्ये रेखा भन्दा माथि रहेको देशहरु जस्तो युरोप उतर अमेरीका लगाएतका देशहरुमा जाडो मौसममा दिन अत्यन्तै छोटो भएको कारण सुर्यको किरण छदै काम गरी सक्नु पर्छ जसले विद्युतीय  लागत कम गर्छ । यसकारण जाडो सिजनमा त्यस  क्षेत्रको समयलाई लाई एक घण्टा अगाडी बनाइन्छ ।यसलाई Daylight System भनिन्छ ।  तसर्थ जाडो मौसममा केही सेक्सन 1  घण्टा  अगाडी खुल्ने र बन्द हुने गर्दछ । जस्तो   Newyork 1: 45 AM मा बन्द हुन्छ भने  Sydeny  1:45 AM मा खुल्छ ।


Forex session time in Nepali Time in Normal Time zones

Local Time
EDT
Nepali Time
Sydeny  open =7.00 AM
Sydeny close = 4.00 PM
Open = 5.00 PM
Close = 2.00 AM
Open = 2: 45 AM
Close = 11: 45 AM

Tokyo open = 9 AM
Tokyo close = 6 PM
Open = 8.00 PM
Close = 5.00 AM
Open = 5:45 AM
Close = 2:45 PM
London open = 8.00 AM
London close = 4.00 PM
Open = 3:00 AM
Close = 11:00 AM
Open = 12:45 PM
Close = 8: 45 PM
New york open = 8.00 AM
New york close = 5.00 PM
Open = 8: 00 AM
Close = 5 : 00 PM
Open = 5 : 45 PM
Close = 2: 45 AM

Session Overlap period
 दूई वटा सेक्सन एउटै समयमा संचालन भइरहेको समयलाई overlap period भनिन्छ यो समयमा बजार अत्यन्तै उतरचढाव हुन्छ भने  spread कम  तथा  तरलता बढी हुन्छ । सिडनी बाट सुरु भइको बजार जापान सेक्सन सँग overlap हुदा विस्तारै तातिन्छ यसरी तातिन लागेको बजार जापान सेक्सन र लण्डन सेक्सन  सँग overlap हुदा बजार अत्यन्तै उत्सर्गमा पुग्छ । यो तीव्रता लण्डन र न्युर्योक सेक्सन overlap हुदा  सम्म रहन्छ । लण्डन सेक्सन बन्द भएपछि विस्तारै बजार सुस्ताउदै जान्छ यो क्रम सिड्नी सेक्सन सम्मै जारी रहन्छ । यसरी एक स्थानको मानिसहरु मस्त निद्रामा छदा अर्को स्थानको मानिसहरुले बजारलाई गतिशील बनाइरहेको हुन्छन् । अमेरीका मस्त निन्दामा हुदा एसियाले बजार गती दिइरहेको हन्छ । यसरी यो बजार सुर्यको प्रकाश सँगै एक महादेश बाट अर्को महादेशमा घुमिरहन्छ ।
 Forex मा विशेष गरी तीन ओटा सेक्सनलाई शिखर सेक्सन मानिन्छ । Tokyo , London , Newyork session जसलाई Asian , Europe and North America Session  पनि भनिन्छ । सिड्नी सेक्सन खासै महत्वपुर्ण हुदैन । 

No comments:

Post a Comment

Forex Time Zone in Nepal

 Forex बजार विश्वको प्रमुख स्थानहरुमा  (Syden , Tokyo , London and New York) गरी  फरक फरक समयमा खुल्ने गर्दछ विशेष गरी Forex लाई भौगोलिक तथा...